झापा, असार १५ । कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार थप एकजनाको कोरोनाका कारण मृत्यु भएसँगै मृतकको संख्या २९ पुगेको हो।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार रौतहटका ३० वर्षीय पुरुषको असार १३ गते राति उपचारका क्रममा मृत्यु भएको हो।उनी फोक्सोका बिरामी थिए। उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्