झापा, असार २० । नेपालसँगको सम्बन्ध बिगार्ने काममा चिनीया राजदुत होउ यान्छीको प्रमुख भूमिका रहेको दावी भारतले गरेको छ ।

अहिले चीनले आफ्नो विदेश नीतिको एजेन्डालाई गलत कुटनीतिक ढंगले अगाडि बढाउने प्रयास गरिरहेको आरोप छ । चिनीया राजदूत यान्छीले नेपाल र नेपालीको भावना जित्नका लागि फरक सौम्य शैली अपनाएको दावी भारतले गरेको हो । यान्छीको काम गर्ने शैली चीनका अरु कुटनीतिज्ञभन्दा फरक छ । राजदूत यान्छीले नेपाललाई चिनीया खेमामा पार्न शानदार सफलता हासिल गर्न सकेको भन्दै भारतीय पत्रकार ज्योति मल्होत्राले लेखेका छन् “यान्छीको बढ्दो लोकप्रियता यतिबेला सबै नेपालीको बोलीमा छ । यद्यपि त्यो उनको भूमिकाको हिस्सा हो । उनले नेपाललाई भारतको सांस्कृतिक काखबाट खोसेर चीनतर्फ लान खोजेरहेकी छन् ।”
दुई वर्षदेखि रहेकी चिनीया राजदूत यान्छीले चीनले नेपालका लागि यथेष्ट सहयोग गर्दै आएको भनेर बढाइचढाइ गर्ने गरेको मल्होत्राले उल्लेख गरेका छन् । यान्छी सोशियल मिडिया खासगरी ट्विटरको निकै प्रयोग गर्छिन् । ट्विटर चीनमा भने प्रतिबन्धित छ । तर, चिनीया राजदुतले चीनको छवि राम्रो बनाउन , आफ्नो आवाजलाई बुलन्द पार्न र चिनीया विवादित नीतिलाई बचाव गर्नका लागि ट्विटरको धेरै प्रयोग गरिरहेको भारतको ठम्याइ छ । यान्छीको ट्विटरमा ४० हजारभन्दा बढी फलोअर्स रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्