झापा, असार २० । कोरोनाबाट संक्रमित एक जनाको गोरखा अस्पतालमा मृत्यु भएको छ ।

पालुङटार नगरपालिका— ७ पुर्नेपिपलबाट हिजो गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको आज बिहान साँढे पाँच बजे मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ।
कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ वर्षका उनी मधुमेह रोगका दीर्घरोगी रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट ल्याई गएराति १० बजे गोरखा अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्