झापा, असार २१ । झापाको मेचीनगर नगरपालिका १२ स्थित प्रगति सामुदायिक वनमा फेला परेका ब्यक्तिको सनाखत हुन सकेको छैन ।

चारआली चौकदेखि करीव एक किलोमिटर पश्चिम उत्तरमा सडेगलेको दुर्गन्धित अबस्थामा पुरुषको लाश आज बिहान फेला परेको हो । मृतकको नाम, थर र वतन केही पनि खुल्न सकेको छैन ।कसैले हत्या गरेर लाश त्यहाँ फालिदिएको आशंका गरिएको छ । घटनास्थललाई सिल गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्