झापा ,असार २५ । झापामा आज एकजना कोरोना संक्रमित थपिएका छन् ।

फाइल तस्वीर

थपिनेमा शिवसताक्षी नगरपालिका वडा नं ६ का ३२ वर्षिय पुरुष रहेका छन् ।उनी कतारबाट फर्केर सतासी प्रावि क्वारेन्टाइनमा बसेका थिए । असार २२ गते ५७ जनाको नमुना परीक्षणका लागि पठाउँदा एक जनामा कोरोना पोजिटिभ देखिएको शिवसताक्षी नगरपालिकाका क्वारेन्टाइन संयोजक रोशन अधिकारीले बताए । योसँगै शिवसताक्षीमा कोरोना संक्रमितको सँख्या ४ पुगेको छ । त्यसमध्ये दुईजना निको भएर घर फर्किसकेका छन् । एकजना थपिएसँगै झापामा कोरोना संक्रमितको सँख्या २९७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्