मेचीनगर , साउन १२ । मेचीनगर नगरपालिका २ भृकुटी चोकका कपडा व्यवसायी नारायण आचार्यको हत्यामा नाबालकको संलग्नता देखिएको प्रहरीले बताएको छ ।

भृकुटी चोकमा कपडा पसल संचालन गरी बस्ने ५० वर्षिय आचार्यलाई ती नाबालकले साउन ९ गते सोही पसलमा दाउले गर्दनमा प्रहार गरी हत्या गरेका थिए । सख्त घाईते भएका आचार्यलाई उपचारको लागि बीएण्डसी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । सोही दिन साँझ घटनामा संलग्नलाई प्रहरीले बाहुनडाँगी बजारबाट नियन्त्रणमा लिएको थियो । पक्राउ परेका ब्यक्ति बालक रहेकाले कानून बमोजिम उनको नाम गोप्य राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जनाएका छन् । ती नाबालक र आचार्यबीच साउन ८ गते पसलमा सामान खरिद गर्ने क्रममा विवाद भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्