हल्दिबारी ,साउन २० । हल्दिबारी गाउँपालिकाको गाउँसभाको दोस्रो बैठक बोलाउन अध्यक्ष रविन्द्र लिङदेनलाई तीन दिनको अल्टिमेटम दिइएको छ ।

गाउँपालिका उपाध्यक्ष डम्बर गिरीसहितका २३ जना जनप्रतिनिधिहरुले सातौं गाउँसभाको दोस्रो बैठक बोलाउन साउन १२ गते लिखित माग गरेका थिए । तर, एक साता बितिसक्दा पनि अध्यक्ष लिङदेनले गाउँसभाको बैठक बोलाएनन् । त्यही भएर आज फेरि लिखित एजेण्डासहित बैठक बोलाउनका लागि तीनदिने अल्टिमेटम दिएको गिरीले बताए । उनले तीन दिनभित्र पनि नबोलाए आफैले बैठक आह्वान गर्ने जानकारी दिए । ‘हामीले लिखित निवेदन दिएर बैठकको माग गरेको ८ दिन भइसक्यो , अध्यक्षले वास्ता गर्नु भएन’ गिरीले भने,‘अब पनि नबोलाए आफैले कार्यपालिकाको बैठक बोलाउँदै छु ।’गाउँपालिकाका २९ जना जनप्रतिनिधिमध्ये २३ जनाले गाउँपालिकाको दोस्रो बैठकको माग गरेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्