एजेन्सी । जम्मु—कश्मीरमा विशेष अधिकारसहितको संवैधानिक अनुच्छेद ३७० हटाएको एक वर्षमा चीनको विदेश मन्त्रालयले फेरि प्रतिक्रिया दिएको छ ।

भारतले कश्मीरमा एकतर्फी निर्णय गर्दै यथास्थितिलाई परिवर्तन गरी अवैध र गैरकानुनी काम गरेको चीनले प्रतिक्रिया दिएको हो । भारतले गत वर्ष जब अनुच्छेद ३७० हटाउँदा त्यतिबेला पनि चीनले त्यस किसिमको आपत्ति जनाएको थियो ।चीनको भनाइप्रति भारतको विदेश मन्त्रालयले कडा आपत्ति जनाएको छ । भारतले चीनलाई अर्को देशको आन्तरिक मामिलामा टिप्पणी नगर्न चेतावनी दिएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार त्यसबारे बोल्न चीनलाई कुनै अधिकार छैन ।पाकिस्तानी सरकारी समाचार एजेन्सी एसोसिएटेड प्रेस अफ पाकिस्तानले बुधवार चिनीया विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनसँग प्रेस कन्फ्रेन्समा कश्मीर र भारतलाई लिएर प्रश्न सोधेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्