हल्दिबारी, साउन २७ । हल्दिबारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचको टक्करका कारण टिक्न नसकी प्रमुख प्रशासकीय अधिकृत विजय इङनामले गाउँपालिका छोडेका छन् ।

उनी हिजो नै हल्दिबारीबाट रवाना लिएर मोरङको मिक्लाजुङ गएका हुन् । इङनाम हल्दिबारीको प्रमुख प्रशासकीय अधिकृतको रुपमा गत चैत १५ गते आएका थिए । हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेन र उपाध्यक्ष डम्बरबहादुर गिरीबीचको टकरावका कारण उनलाई काम गर्न असजिलो भएको थियो । सामान्य प्रशासन मन्त्रालयबाट सरुवा मिलाएर दमक निवासी इङनाम हल्दिबारीबाट हिडेका हुन् । हल्दिबारी गाउँपालिकाको असहज परिस्थितिसँगै घरमा आमा अस्वस्थ्य भएकाले घर पायक पर्नेगरी आफूले हल्दिबारी छोडेको इङनामले बताए । उनले अध्यक्ष र उपाध्यक्षबीचको राजनीतिक विवादमा फस्ने डर भएपछि हल्दिबारीमा बस्न उपयुक्त नदेखेर सरुवा मिलाएको स्पष्ट पारेका छन् । उनको ठाउँमा श्रम मन्त्रालयबाट राजकुमारी खत्री आउने भएकी छन् । असार १० गते सातौ. गाउँसभाका क्रममा विवाद भएदेखि गाउँपालिका अध्यक्ष र उपाध्यक्षबचि उत्पन्न विवाद अझै जारी रहेको छ । जुन घट्नुको साटो अझ चर्कदै गएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्