धरान, साउन ३२ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

विराटनगरको न्युरो हस्पिटलबाट रेफर भई आएकी विराटनगर तीनपैनीका ५० बर्षीया महिलाको उपचारको क्रममा गएराति साढे १२ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार ४— ५ दिनदेखि अत्यधिक ज्वरो, खोकी, श्वास फेर्नमा समस्या भएको कारण उनलाई न्युरो हस्पिटलले प्रतिष्ठानमा रेफर गरेको थियो । उनलाई गएराति साढे ११ बजे प्रतिष्ठानमा भर्ना गरिएको थियो । मृतक महिलाको फोक्सो, थाइराइड र मुटुको उपचार दिल्लीमा भइरहेको जानकारी प्राप्त भएको डा.सापकोटाले बताए । मृतकको शवको व्यवस्थापन गर्ने कार्य भइरहेको पनि उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्