गौरीगञ्ज , भदौ ४ । झापाको गौरीगञ्ज गाउँपालिकामा पनि समुदायका एक ब्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

गौरीगञ्ज ६ का ३० वर्षिय पुरुषमा आज संक्रमण पुष्टि भएको हो । ट्राभल हिस्ट्री नभएका ब्यक्तिमा कोरोना देखिएको गौरीगञ्ज गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए । आइतबार ५८ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाउँदा एकजनाको रिपोर्ट पोजिटिभ आएको उनले जानकारी दिए । संक्रमित ब्यक्तिको गौरीगञ्ज बजारमा ठूलो डिपार्टमेन्ट स्टोर रहेको छ । त्यसमा १० भन्दा बढी कामदार कार्यरत छन् । संक्रमित ब्यक्तिसँग धेरैजनाको सम्पर्क भएको हुनसक्ने आशंकामा आजदेखि नै कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको मिश्रले बताए । उनका अनुसार आज ६० जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ । गौरीगञ्ज गाउँपालिकाले मंगलबारदेखि आंशिक रुपमा लकडाउन गरेको छ । समुदायमा संक्रमण देखिएपछि पूर्णरुपमा लकडाउन लगाउने विषयमा छलफल भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्