धरान, भदौ ८ । धरानस्थति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६८ वर्षीय कोराना संक्रमितको मृत्यु भएको छ। उनी धरान उपमहानगरपालिका वडा नम्बर ८ का स्थायी वासिन्दा भएको बताइएको छ।

विपी प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार संक्रमित बृद्धलाई प्लाज्मा थेरापी गरिए पनि बचाउन नसकिएको हो। उनी धरानका स्थानीय हार्डवेयर व्यवसायी पनि हुन्।
साउन २९ गते कोरोना संक्रमण देखिएका ती बृद्ध उच्च रक्तचाप र श्वासप्रश्वासको समस्याबाट पीडित रहेको सापकोटाले जानकारी दिए। उनको प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा आइतबार साँझ साढे ६ बजे मृत्यु भएको हो।
यससँगै धरानमा मात्रै ज्यान जाने संक्रमितको संख्या ३ पुगेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्