राजगढ , भदौ ८ । भारत र कतारबाट फर्केका झापा बाह्रदशीका तीन जना पुरुषमा आज कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरु बाह्रदशी गाउँपालिका वडा नं ५ र ६ का रहेका छन् । भारतबाट फर्केका वडा नं ५ का दुई पुरुष र कतारबाट फर्केका एक पुरुषमा संक्रमण पुष्टि भएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशीले बताए । उनीहरु पशुपति मावि क्वारेन्टाइनमा बसेका थिए । योसँगै बाह्रदशीमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । सो गाउँपालिकाका १६ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्