एजेन्सी ।कतारले मानव अधिकार संगठन ह्यूमन राइट्स वाचको प्रतिवेदन अस्वीकार गरेको छ ।

प्रतिवेदनमा कतारमा प्रवासी मजदुरहरुलाईं शोषण गरेको र उनीहरुलाई तलब नदिएको उल्लेख छ । आफ्नो प्रतिक्रियामा कतारले प्रतिवेदनमा तथ्यात्मक त्रुटी भएको र त्यसले कतारको वर्तमान अबस्था नदर्शाएको उल्लेख गरेको छ । कतारले काम गर्नका लागि आउने अधिकांश प्रवासीमध्ये कसैले पनि शोषणको कुरा नभनेको स्पष्ट पारेको छ । कतारले केही घटनामा कर्मचारी ं समस्याको सामना गर्नु परेको र त्यसपछि कानुनमा परिवर्तन गरिएको जनाएको छ । ह्यूमन राइट्स वाचले २४ अगस्टमा जारी गरेको आफ्नो प्रतिवेदनमा कतारमा प्रवासी कामदारहरुमाथि शोषण भइरहेको जनाएको थियो । ह्यूमन राइट्स वाचको प्रतिवेदनअनुसार कामदारलाई तलब नदिएको र उनीहरुलाई कामबाट निकाल्ने धम्की दिने गरिएको छ । प्रतिवेदनअनुसार कामदारको तलब पनि काटिएको छ । जसका कारण प्रवासी मजदुरहरुलाई खानबस्न संकट भएको छ ।कतारमा ६० लाखभन्दा बढी विदेशी कामदार रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्