बिर्तामोड, भदौ ९ ।काठमाडौं महानगरपालिका वडा नं २१ का नेपाली कांग्रेसका सभापति गोविन्द रंजितको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्व प्रकाश शर्माले यसबारेमा ट्विटमार्फत् जानकारी दिँदै दुःख व्यक्त गरेका छन् ।‘अल विदा गोविन्द दाइ १ कोरोनाबाट दैनिक आधा दर्जन बढिको मृत्यु भएको विवरण आइरहेका छन् । प्रत्येक आफन्तको मृत्युप्रति हामी सबै मर्माहत छौं । आज नेपाली कांग्रेस काठमाडौ महानगर वडा नं २१ का सभापति गोविन्द रंजितको निधन भएको छ । उहाँ लगायत सबैप्रति हार्दिक श्रद्धाञ्जली !’ प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्