दमक , भदौ १३ । दमकसंग जोडिएको कमल गाउँपालिकामा पनि जारी निषेधाज्ञा थपिएको छ ।

भोलिदेखि पुनः भदौ २० गतेसम्म निषेधाज्ञा थप्ने निणर्य गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले बताए ।
आज बिहान बसेको कार्यपालिकाको बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि निषेधाज्ञा लम्ब्याउने निणर्य गरेकोे छ । निणर्य कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गर्ने निणर्य भएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जनाएका छन् ।निषेधाज्ञालाई केहि खुकुलो बनाउदै गाउँपालिकाले अत्यावश्यकबाहेकका उपभोक्ताहरुको सहजताका लागि दैनिक उपभोग्य सामग्री किनमेल गर्न दैनिक विहान ७ वजेदेखि ९ वजेसम्म पसल, व्यवसाय खोल्न पाईने तर आवश्यक स्वास्थ्य सुरक्षा पालना गर्नुपर्ने समेत निणर्य भएको छ । तर कमल ३ स्थित केर्खा वजारमा भने निषेधाज्ञाभरि कुनै पनि किसिमको व्यवसाय सञ्चालन गर्न नपाईने उल्लेख छ । बैठकले दुग्ध डेरी भने बिहान ६ बजेदेखि ८ र दिउँसो ४ बजेदेखि ६ बजेसम्म खोल्न पाउने जनाईएको छ ।

बंैक ,वित्तीय संस्था,सहकारी तथा सरकारी कार्यालयहरु भने निषेधाज्ञा अवधिभर सञ्चालनमा रोक लगाउने निणर्य भएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताएका छन् ।
यता दमकमा पनि गत साउन ३२ गतेदेखि जारी निषेधाज्ञालाई एक साता अर्थात भदौ २० गते सम्म थप्ने निणर्य भएको छ । त्यहाँको निषेधाज्ञा आज भदौ १३ गते सकिदै थियो । संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञालाई लम्ब्याउने निणर्य भएको प्रवक्ता गीता अधिकारीले बताईन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्