भद्रपुर, भदौ २२ । कोरोना संक्रमणका कारण रगत अभाव भइरहेका बेला भद्रपुरका मारवाडी समुदायले आज रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् ।

भद्रपुर मारवाडी संघ , भद्रपुर मारवाडी युवा मंच , भद्रपुर मारवाडी महिला मंच र भद्रपुर मारवाडी युवती मंचको संयुक्त आयोजनामा भएको कार्यक्रममा ५४ जनाले रगत दान गरेका थिए । भद्रपुर मारवाडी संघका अध्यक्ष अजय साहेवालाको अध्यक्षतामा भएको कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको रहेको थियो ।
त्यस्तै निजामती कर्मचारी दिवसका अवसरमा अर्जुनधारा नगरपालिकाका कर्मचारीहरुले रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा १५ जनाले रगत दान गरेका थिए । कार्यक्रमको उद्घाटन प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्