झापा, भदौ २३ । कपिलवस्तु जिल्ल्लाका एक वरिष्ठ पत्रकारको ६२ वर्षको उमेरमा कोरोना संक्रमणका कारण निधन भएको छ ।

६ महिनादेखि पत्रकार बनारसी बर्माको दुवै मिर्गौलाले काम गर्न छाडेको थियो । उच्च रक्त चाप र मधुमेहसमेतका रोगी भएका उनको मृत्युपछि सोमबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको उनको परिवारले जनाएको छ। उनले ३ दशकदेखि कपिलवस्तुमा रही पत्रकारिता गर्दै आएका थिए। उनका परिवारका एक सदस्यमा कोरोना देखिएपछि उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्