भद्रपुर, भदौ २३ । दुई वर्षयता स्तरीकरणको काम अलपत्र परेपछि भद्रपुर १० चाँदनी टोलको सडक हिड्न नसकिने भएको स्थानीयको दुखेसो छ ।

पटकपटक नगरपालिकासित गिटी बालुवा लगाइदिन गरिएको अनुरोध नसुनेपछि पानी पर्दा खोलाजस्तै सडकमा पानी बग्ने गर्दा सास्ती सहनु परेको पीडितहरूको गुनासो छ ।
स्थानीय किशोर पौडेलका अनुसार सो सडक स्तरीकरणका लागि दुई वर्षयता गरिएको प्रयास सरकारी पक्षले अस्वीकार गरेकै कारण हिलोले सडक हिड्न नसकिने अवस्था भएको हो ।
सो सडकमा पानी निकासका लागि व्यवस्थित नाली समेत नहुँदा वर्षादको पानी सडकमै जम्ने अवस्था आएको त्यहाँका बासिन्दाको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्