बिर्तामोड, भदौ २४ । लायन्ससंग सम्वद्ध विभिन्न ४ वटा संस्थाको संयुक्त आयोजनामा बिर्तामोडमा भएको कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् ।

लायन्स क्लब अफ बिर्तामोड, लायन्स क्लब अफ बिर्तामोड लेडी, लिओ क्लब बिर्तामोड र सीनियर लिओ क्लब बिर्तामोडको आयोजनामा रक्तदान गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदानमा ४२ जनाले रक्तदान गरेको लायन्स क्लब अफ विर्तामोडका अध्यक्ष मोहनकुमार मित्तलले जानकारी दिए । कोरोना भाइरसको जोखिमका कारण रगत अभाव भएपछि विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रम आयोजना गर्न थालेका छन् ।लायन्स क्लब अफ बिर्तामोडका अध्यक्ष मित्तलको अध्यक्षता तथा लायन टिम एरिया लिडर कोमल शाक्यको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रमको संचालन संगिता रौनियारले गरेकी थिइन् । स्वागत लायन्स क्लब अफ बिर्तामोड लेडीका अध्यक्ष उर्मिला खरेल र औचित्यमाथि कार्यक्रम संयोजक प्रदिप खरेलले प्रकाश पारेका थिए । कार्यक्रममा लायनका एरिया कोअर्डिनेटर सत्यनारायण शर्मा, इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मुकुन्द रिजाल, ओमकृष्ण विमली, सुदन बुढाथोकी, मनिषा विमलीलगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्