बिर्तामोड असोज २ । झापाका उद्योगी तथा नीजि क्षेत्रका प्रतिनिधिले सरकारलाई नागरिक आचारसंहित तत्काल जारीगर्न सुझाव दिएका छन् । अब कुनै पनि व्यापार व्यवसाय बन्द गर्ने अवस्था नरहेको भन्दै यस्तो अवस्थामा नागरिकले पालना गर्नुपर्ने नियम सम्बन्धि आचारसंहित तत्काल लागूगर्नु पर्नेमा जोड दिएका हुन् ।


संवाद समूह भापाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा नीजि क्षेत्रका व्यवसायीले अब बन्दको विकल्प खोज्न जरुरी रहेको बताए । कोभिड–१९ ले व्यपार व्यवसायमा पारेको प्रभाव, समाधानका उपाय र आम नागरिकको स्वास्थ्य सुरक्षा विषयक छलफलमा व्यवसायीले राखेको धारण ः
मेची डिस्ट्ब्युटर एशोसिएसनका अध्यक्ष
राजेन्द्रकुमार थापा

अब कोरोना भाईरसबाट बच्ने र अप्नाउनुपर्ने सावधानी अप्नाउँदै व्यापार व्यवसाय सञ्चालन गर्नुपर्छ । कोरोना भन्दा आत्महत्या र डिप्रेसनको समस्या भयावह बनेका भन्दै यो विषयमा सरकारले बेलैमा सोच्नुपर्ने अवस्था आएको छ । अनावश्यक हिड्डुल बन्द भने गर्नै पर्छ । अब ग्रहाक र व्यवसायी दुवै सचेत बनेर व्यवसाय सञ्चालन गर्नुको विकल्प छैन ।

झापा उद्योग संघका अध्यक्ष
टिकराज ढकाल

कोरोनाका कारण व्यापार व्यवसाय बन्द हुदाँ आर्थिक मन्दि शुरु भयो । यो अवस्थामा सरकारले आर्थिक सहयोग गरेर व्यवसायीलाई आफ्नो व्यवसायमा प्रोत्सहान गर्नुपर्ने देखिन्छ । अब क्रेता र विक्रेता आफैँ सचेत बन्दै व्यवसाय सञ्चालन गर्नुको विकल्प छैन । आवश्यक सावधानी अपनाउन ठाँउ–ठाँउ साबुन पानीले हात धुने व्यवस्था गर्नुपर्छ ।

नेपाल चेम्बर केन्द्रिय सदस्य
राजेन्द्र घिमिरे

उद्योग व्यवसाय खोल्दा आवश्यक सुरक्षा मापदण्डको पालना गर्नुपर्छ । नागरिक आफैंले आचारसंहिता बनाएर पालना गर्नुपर्ने समय आएको छ । नीजि क्षेत्रले आफैँ आवश्यक सावधानी अपनाएर उद्योग व्यवसाय सञ्चालन गर्नुपर्ने देखिन्छ । अनावश्यक हिडडुल बन्द गनुृपर्ने र अत्यावश्यक काम बाहेक घुमफिर बन्द गर्नुपर्छ । झापाका शहरी क्षेत्रमा भिडभाड बढ्न थालेकाले आवश्यक सावधानी अप्नाउनुको विकल्प छैन ।

बिर्तामोड उद्योग वाणिज्य संघ
निर्वतमान अध्यक्ष बलराम कार्की

व्यापार व्यवसाय ठप्प भएको ६ महिनाभन्दा धेरै भएकाले अब आवश्यक सुरक्षा मापदण्ड अपनाएर व्यवसाय सञ्चालनको विकल्प छैन । व्यापार व्यवसाय ठप्प हुदाँ धेरैले रोजगारी समेत गुमाउनु परेको र केहि व्यवसायी आफ्नो व्यवसायबाटै पलायन हुनुपर्ने अवस्थामा पुगेकाले राज्यले यस तर्फ तत्काल ध्यान दिनुपर्छ । सरकारले यो समयमा करमा छुट दिनुपर्छ ।

नेपाल ट्रेड युनियन कांग्रेस झापा अध्यक्ष
यज्ञप्रताप अधिकारी

श्रमिक, मजदुरहरुको स्वास्थ्यको विषयमा उद्योगीहरु सचेत बन्नुपर्नेमा देखिन्छ । बन्दको विकल्प खोजेर सुरक्षित रुपमा व्यवसाय सञ्चालन नगरे मजदुरहरु झनै समस्यामा पर्छन् । पीसीआर परिक्षणको दायरा बढाउनसमेत आवश्यक छ ।

ट्राभल व्यवसायी
शेखर ढकाल

असोज ५ गतेबाट आन्तरिक रुपमा हवाई उडान शुरु हुँदै छ । ट्राभल व्यवसायीले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर सेवा सञ्चालन गर्नुपर्छ । स्वास्थ्यलाई ध्यान दिदैँ तत्काल बालबालिका र वृद्धवृद्धाहरु यात्रा नगर्दा नै ठिक हुन्छ । हामी हवाई यात्रालाई सुरक्षित बनाउने तयारीमा छौँ ।

महिला चेम्बर झापा झापा अध्यक्ष
प्रेमा भट्टराई

कोरोनाका काणर ब्यवसायीहरु समस्यामा परेका छन् । विशेष गरेर महिलाहरुले सञ्चालन गरेको व्यवसाय झनै धरासायी बनेका छन् । यो समयमा घरधनी र बैंकको व्याजका कारण कसरी रकम जोहो गर्ने भन्ने समस्यामा व्यवसायी महिलाहरु छन् । सरकारले महिलाले सञ्चालन गरेको व्यापार व्यवसायलाई प्रर्वधन गर्न विशेष नीति ल्याउनुपर्नेमा अवस्था आएको छ ।

होटल व्यवसायी संघ झापा महासचिव
शिवराज पौडेल

आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर व्यापार व्यवसाय सञ्चालन गर्नु पर्छ । अब पनि होटल बन्द गरेर बस्न सकिँदैन । लामो समयसम्म होटल व्यवसाय बन्दहुदाँ धेरै व्यवसायीहरु व्यवसायबाटै पलायन हुने अवस्थामा पुगेका छन् । झापाका २० हजारभन्दा बढी मजदुरुहरु बेरोजगार अवस्थामा बस्नुपरेको छ ।

प्यावसन झापाका
हरिकृष्ण पाठक

लामो समयसम्म शैक्षिक क्षेत्र बन्द हुदाँ शिक्षक र विद्यार्थी दुवैलाई समस्या भएको छ । पठनपाठन बन्द हुदाँ झापाका मात्रै ४० हजारभन्दा बढी विद्यार्थी अन्योल छन् । हामी कसरी शैक्षिक सत्रलाई अघि बढाउने भन्ने विषयमा छलफलमा छौँ । यो अवस्थामा अभिभावकलाई पनि शुल्क तिर भन्ने अवस्था छैन । शुल्क नतिरे शिक्षक पनि समस्यामा परेकाले अब कसरी अघि बढ्ने भन्ने अन्यौल छ । अनलाइन मार्फत केहि विद्यालयले कक्षा सञ्चालन गरेपनि सबै विद्यार्थीलाई समेट्न सकिएको छैन । विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेर मात्र हुँदैन अनलाइन कक्षामा विद्यार्थीसँगै अभिभावकले पनि समय दिनुपर्ने अवस्था हुन्छ, त्यो सम्भव देखिएको छैन ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सचिव
देवी भट्टराई

कोरोनाले सबैभन्दा धेरै यातायात क्षेत्र मारमा परेको छ । सरकारले यातायात व्यवसाय सञ्चालनको अनुमति दिएको छ । यातायात व्यवसायीले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर यातायात सञ्चालन गर्नुपर्छ । हामी लामोदुरीका यात्रुको सम्पूर्ण विवरण टिपोट गरिने र आवश्यक स्वास्थ्य सुरक्षा अप्नाएर मात्रै यात्रा गराउने छौँ । लामो समय यातायात बन्द हुदाँ चालक र सहचालक समस्यामा परेका छन् । सरकारले राहातका विभिन्न प्याकेज घोषणा ग¥र्यो । तर, त्यो प्याकेज यातायात व्यवसायीसम्म आइपुगेन । त्यसैले व्यवसाय चलयमान बनाउनुको विकल्प छैन ।

मेची बस व्यवसायी संघ अध्यक्ष
विष्णुकमार श्रेष्ठ

लामो समयको यातायात बन्दले समस्या सिर्जना भएको बताए । उनले हालसम्म कोही पनि चालक तथा सहचालक संक्रमित नभएको र आवश्यक स्वास्थ्य सुरक्षामा आफुहरु सचेत रहेको बताए । उनले यातायातमा कर छुट हुनुपर्ने र सरकारले राहत दिनुपर्नेमा जोड दिए ।

महिला उद्यमी संघ प्रदेश संयोजक
गोमा भट्टराई

आवश्यक सुरक्षा सर्तकता अपनाएर आ–आफ्नो व्यापार व्यवसाय सञ्चालनको विकल्प छैन । कोरोनाका कारण व्यवसाय ठप्प हुदाँ धेरैको रोजगारी गुमेको छ । उपभोत्ता मंहगीको चपेटामा छन् यसको अनुगमन गर्न आवश्यक छ । यातायात खुलेसँगै व्यवसायीले मंहगो भाडा लिने गरेको गुनासो आउने गरेको छ । साथै स्थानीय उत्पादनको प्रयोग पनि बढाउनु पर्छ ।

हार्डवेयर व्यवसायी संघ झापा अध्यक्ष
मातृका कोइराला

अब सबै व्यापार व्यवसाय सञ्चालन गर्नुपर्ने तर, सुरक्षा भने अपनाउनु पर्छ । ९९ प्रतिशत हार्डवेयर व्यवसायीले बैंकबाट ऋण लिएर व्यवासय गरिरहेका छन् । अहिले व्यवसाय बन्द रहेको अवस्थामा समेत बैंकको ध्यान भने ब्याज असुल्ने र नाफा कमाउने मै केन्द्रित छ । बैंकहरुले सहुलियत कर्जा दिने बहानामा व्याज असुल्ने काम गरिरहेकाले सरकारले बैंकहरुको नियमन गर्नुपर्छ । कोरोनाका कारण व्यापार व्यवसाय चौपट्ट भएकाले आवश्यक सावधानी अपनाएर सञ्चालन गर्नुको विकल्प छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्