झापा , असोज । आज छैटौं संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा बिर्तामोड नगरपालिकाले शहीदहरुलाई माल्यार्पण गरेको छ । बिर्तामोड नगरपालिका वडा नं ९ गरामनी बजारमा रहेको शहीद पार्कका शहीदहरुलाई माल्यार्पण गरिएको हो । प्रदेशसभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्य एवं नगरप्रमुख धुर्वकुमार शिवाकाटीको अध्यक्षतामा भएको कार्यक्रममा संविधान दिवसको महत्व र लोकतन्त्र ल्याउनका लागि शहीदहरुले दिएको बलिदानीका बारेमा चर्चा गरिएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य कार्की , नगर प्रमुख शिवाकोटी , उप प्रमुख पवित्रा महतारा प्रसाईलगायतले बोलेका थिए । त्यसैगरी बिर्तामोड नगरपालिका कार्यालयमा झण्डोतलन , राष्ट्रिय गान जस्ता कार्यक्रम गरिएको नगरपालिकाका प्रेस सल्लाहकार तीर्थ सिग्देलले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्