एजेन्सी । बलिउड अभिनेत्री पायल घोषले फिल्मकार अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी छन् ।

पायल घोषले अनुराग कश्यपलाई ट्विटरमा ट्याग गर्दै लेखेकी छन् ‘अनुराग कश्यपले मसँग जबरजस्ती गरे । नरेन्द्र मोदीजी तपाईसँग अनुरोध छ कि उनीबिरुद्ध कार्वाही गर्नु होला र देशलाई थाहा होस् वास्तविकता के हो । यो कुरा भन्दा मेरो लागि क्षति हुनेछ र मेरो सुरक्षा खतरामा हुनेछ, कृपया सहयोग गर्नु होला । ’
पायलको त्यस ट्वीटलाई अभिनेत्री कंगना रनौतले रिट्वीट गर्दै लेखेकी छन् ‘प्रत्येक आवाजले महत्व राख्छ, अनुराग कश्यपलाई गिरफ्तार गर्नुस् ।’
पायल घोषको त्यस ट्वीटलाई रिट्वीट गर्दै राष्ट्रीय महिला आयोगकी अध्यक्ष रेखा शर्माले पुरै घटनाको जानकारी मागेकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्