राजगढ , असोज ९ । झापाको बाह्रदशी गाउँपालिका वडा नं ५ स्थित घाग्रा खोलामा पक्की पुल निर्माण हुने भएको छ ।

बाह्रदशी—५ पाख्रीबासपूर्व घाग्रा खोलामा ६ करोड ५९ लाख ३९ हजार ७७५ रुपैयाँमा सो पुलको ठेक्का लागेको हो । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयअन्तर्गत पूर्वाधार विकास कार्यालय भद्रपुरले बजेट उपलब्ध गराएको हो । संघीय सांसद राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा संविधानसभा सदस्य हरि राजवंशी, प्रदेश सांसद पूर्णसिंह राजवंशी, बाह्रदशी गाउँपालिका अध्यक्ष खडगप्रसाद राजवंशीलगायतको उपस्थितिमा बिहीबार सो पुलको शिलान्यास गरिएको छ ।पुल नहुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्