दमक,९ असोज । झापा दमकका दुई अस्पताललाई एक गैरसकारी संस्थाले ४५ लाख रुपैयाँ बढीको स्वास्थ्य सामाग्रीहरु उपलव्ध गराएको छ । टिएडयु ची फाउन्डेसनले नेपाल सरकारसँगको समन्वयमा दमक अस्पताल र आम्दा अस्पतालका लागि कोभिड १९ सङ्क्रमित बिरामीको उपचारका लागि विभिन्न स्वास्थ्य सामाग्री उपलव्ध गराएको हो ।


ती स्वास्थ्य सामाग्रीहरु काठमाडौ दाता संस्थाका प्रतिनिधिले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका थिए । स्वास्थ्य सामाग्रीहरुमा २४०० थान डिस्पोजेबल मास्क, २७० थान फेस मास्क, २८८ थान पिपिई, १००० थान पन्जा, इन्फ्रारेड थर्मामिटर र भेन्टिलेटर इक्युपमेन्ट रहेको छ । दमक अस्पतालकी एनेस्थेसिया असिस्टेन्ट देवी दंगालका अनुसार यी सामग्री कोभिड १९ बाट जोगिनका लागि स्वास्थ्यकर्मीले प्रयोग गर्ने छन् ।


सरकारी १५ बेडको जिल्ला अस्पतालको मान्यता पाएको दमक अस्पतालमा अहिले विशेषज्ञ सेवाहरू सञ्चालित छन् । दैनिक ४ सय बिरामीले अहिले पनि स्वास्थ्य सेवा लिइरहेको दंगालले बताइन् । कोरोना भाइरस संक्रमणको उपचारमा अग्रपङ्तिमा काम गर्ने स्वास्थ्यकर्मी नै सङ्क्रमित हुन थालेपछि सुरक्षा अपनाउन उपयोगी हुने अस्पतालले जनाएको छ । दमक अस्पतालमा कार्यरत ३ जना स्वास्थ्यकर्मी संंक्रमित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्