झापा असोज, ९ ।
झापाको अर्जुनधारा नगरपालिकाका १० जना कर्मचारी होम आइसोलेसनमा बसेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलसहित १० जना कर्मचारी होम आइसोलेसनमा बसेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका तीन शाखाको काम पनि शुक्रबारदेखि बन्द गरिएको छ ।


अर्जुनधारा नगरपालिकाको कार्यालय गएका एक ब्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले कृषि, प्रशासन र प्राविधिक शाखाको कामकारबाही बन्द गरिएको हो । बिहीबार दिउँसो नगरपालिका गएका ती ब्यक्तिलाई सोही दिन बेलुका कोरोना संक्रमण पुष्टि भएको थियो ।


हाल उक्त शाखालाई निःसंक्रमण गरेर बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत भुर्तेलले बताए । होम आइसोलेसनमा रहेका कर्मचारीको पाँच दिनपछि स्वाब संकलन गरेर परीक्षणका लागि पठाइने भुर्तेलले जानकारी दिए । नगरपालिकाबाट प्रवाह गरिने अन्य सेवा भने सुचारु रहने नगरपालिकाकाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्