मेचीनगर, असोज १० । मेचीनगर नगरपालिकाले विभिन्न विधाका पाँच जनालाई वर्ष उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत गरेको छ ।

शुक्रबार नगरपालिकाको आर्थिक वर्ष २०७६—२०७७ को वार्षिक समीक्षा गोष्ठीका अवसरमा उनीहरुलाई पुरस्कृत गरिएको हो ।
यसरी पुरस्कृत हुनेहरुमा इञ्जिनियर इन्द्रबहादुर थापा, स्वास्थ्यकर्मी लेखनाथ खतिवडा, वडा सचिव युवराज पोखरेल, सामाजिक परिचालिका अनिता राजबंशी र मरणोपरान्त चुनु नेपाल रहेका छन् । पुरस्कारको राशी जनही नगद २० हजार रुपैयाँ रहेको छ ।
नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले उनीहरुलाई नगदसहित सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा कार्यालयले आर्थिक वर्ष २०७६÷२०७७ मा भए गरेका कामको वार्षिक समीक्षा गरिएको थियो । सामाजिक विकास तथा प्रशासन शाखाको तर्फबाट वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले प्रस्तुत गरेको वार्षिक गतिविधिमा कार्यालयको वार्षिक झलक प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्