दमक , असोज १० । धिमाल जातीय विकास केन्द्र झापाकोे छैठौं अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

दमक नगर नगरपालिका वडा न.४ अडियामहलमा नेत्रकुमारी धिमालको अध्यक्षतामा सम्पन्न अधिबेशनले बमबहादुर धिमालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।जसको उपाध्यक्षहरुमा मनबहादुर धिमाल, दयाराम धिमाल,सचिव मणिराज धिमाल ,सहसचिव उमादेवी धिमाल र कोषाध्यक्षमा अम्बरबहादुर धिमाल रहेका छन् । त्यस्तै सदस्यमा रबुकुमार धिमाल, दिपेश धिमाल, राधिका (रनमाया)धिमाल, मीना धिमाल, नेत्रकुमारी धिमाल ,डम्बरबहादुर धिमाल, कुमारी धिमाल, पुजारी धिमाल र मनितलाल धिमाल रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्