बिर्तामोड , असोज १० । गएराति बिर्तामोडमा माइक्रो बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचथर याङ्बरक ३ का ५० बर्षीय वृखध्वज काम्बाङ रहेका छन् । राति सवा ९ बजेतिर बिर्तामोड ५ मा बा ४ ख ५१०० नम्बरको माइक्रो बसले पैदलयात्री काम्बाङलाई ठक्कर दिएको थियो । घाइतेलाई उपचारका लागि बिएण्डसी हस्पिटल लाँदालाँदै बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए । ठक्कर दिने माईक्रो र चालक भद्रपुरका बाबुराम कट्टेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्