भद्रपुर , असोज १३ । झापा कारागारमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण न्यून बनाउन रेडक्रसले कारागारका कैदीबन्दीहरूका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखा र उपशाखा भद्रपुरले जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनामार्फत कैदीबन्दीलाई सरसफाई सामग्री हस्तान्तरण गरेका हुन् । साँघुरो बासस्थान रहेको कारागारमा कोरोना सक्रमित भेटिएपछि जोखिम न्यूनीकरण गर्न सहयोगस्वरूप रेडक्रसले पिपिइ १५ थान, प्लास्टिक बाल्टिङ ( वकेट) १० थान, नुहाउने साबुन ३ सय ६८ थान , हाइपोक्लोराइड २ जार (१० लि.) , स्यानिटाइजर १ जार (५ लि.) , ह्याण्ड माइक १ थान र मास्क पाँच सय थान जिल्ला कारागारका लगेर प्रमुख जिल्ला अधिकारीमार्फत कैदीबन्दीका लागि प्रदान गरिएको भद्रपुर उपशाखाका सचिव दीपकुमार लिम्बूले जानकारी दिए ।
रेडक्रस झापा शाखाका सभापति लोकराज ढकाल र भद्रपुर उपशाखाका सभापति गोपाल गिरीको नेतृत्वमा गएको टोलीले सामग्री हस्तान्तरण गरेको थियो । क्षमताभन्दा बढी कैदीबन्दी रहेको झापा कारागारका ७ कैदीसहित एक भान्से र दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्