गौरीगञ्ज ,असोज १६ । गौरीगञ्जको सीमावर्ती क्षेत्रबाट प्रतिबन्धित ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

गौरीगञ्ज २ दासचौरीबाट ८ ग्राम २ सय मिलिग्राम ब्राउन सुगरसहित भारत किसनगंज सिंगीमारी ग्रामपंचायतका २० बर्षीय मुजफर आलम र २५ बर्षीय जहागिर आलम पक्राउ परेका हुन् । उनीहरुलाई दासचौरीमा खटिएको प्रहरी टोलीले गएराति १० बजे नियन्त्रणमा लिएको थियो । यसअघि कचनकवलको बगान एरियाबाट ब्राउनसुगरसहित हिजो एक भारतीय पक्राउ परेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्