बिर्तामोड (प्रस) श्रीमतीको हत्या आरोपमा पक्राउ परेका झापा कमल गाउँपालिकाका भीम भण्डारीलाई जिल्ला अदालत झापाले अनुसन्धानका लागि सात दिन म्याद थप गरेको छ । घटनाको विस्तृत स्थलगत अध्ययन, स्थानीयवासीसँगको सोधपुछ, प्रारम्भिक बयानका आधारमा अनुसन्धानका लागि जिल्ला अदालतबाट थप ७ दिनको म्याद पाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।


प्रारम्भिक अनुसन्धानले ६४ बर्षिय भण्डारीले नै श्रीमती मनमाया भण्डारीको हत्यामा संलग्न रहेको देखिएको प्रहरीले जनाएको छ । उनलाई बिहिबार साँझ इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको थियो । हत्या भएको तीन दिनपछि प्रहरीले भण्डारीलाई घरबाटै नियन्त्रणमा लिएको हो ।


गत सोमबार गौरादह –१ मा रहेको भण्डारी दम्पतीकै घरमा मनमायाको बिभत्स हत्या भएको थियो । अनुसन्धानका क्रममा हथौड़ा प्रहार गरी हत्या गरेको पाइएको इप्रका दमकले जनाएको छ । घटना भएदेखि नै प्रहरीले मनमायाका परिवारका सदस्यहरुलाई निगरानीमा राखेको छ । पोष्टमार्टम रिपोर्टको अनुसार हत्या भएको समय मृतक मनमाया र हत्या आरोपि उनका श्रीमान्सँगै भएको भनिएको समय एउटै देखिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्