एजेन्सी । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई ३४ रनले हराएको छ ।

मुम्बईले दिएको दुई सय नौ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा सात विकेट गुमाएर एक सय ७४ रन मात्रै बनाउन सक्यो । हैदरावादको लागि डेभिड वार्नरले ६० रन बनाएपनि जितको लागि पर्याप्त भएन । मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स प्याटिन्सन र जसप्रित बुमराहले समान दुई÷दुई विकेट लिए ।
यसअघि यूएईको शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा पाँच विकेट गुमाएर दुई सय आठ रन बनायो । उसका लागि क्विन्टन डी ककले ६७ रन बनाए । यो जितसँगै ६ अंकका साथ मुम्बई शीर्ष स्थानमा पुगेको छ । हैदराबाद चार अंकसहित छैठौँ स्थानमा छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्