भद्रपुर, असोज २६ । भद्रपुर ८ स्थित सिद्धार्थ शिशुसदन अंग्रजी माध्यमिक विद्यालयले विनाकारण विद्यालयमा कार्यरत शिक्षक निष्काशन गरेको पाइएको छ ।


सरकारले असोज १ गतेबाट अनिवार्य रूपमा शिक्षक कर्मचारीलाई शिक्षण क्रियाकलापमा लगाउन दिएको निर्देशनविपरित सो विद्यालयका सञ्चालक श्याम देवानले आफूलाई विनाकारण निष्काशन गरेको शिक्षिका सुजता ठकुरीले बताएकी छन् ।
कक्षा १२ सम्म शिक्षण गरिरहेकी ठकुरीले सञ्चालक देवानले कारण नै नभइ निष्काशन गरेको जानकारी दिइन् । उनका अनुसार गएको शैक्षिक वर्षको तलव समेत नदिएका देवानले अर्को विद्यालयका सञ्चालकको अनुरोधमा आफूलाई हटाएका हुन् । ठकुरीले आफूलाई निष्काशन गरेको खवर विद्यार्थीबाट असोज २५ गते अपरान्ह थाहा पाएकी थिइन् । उनले तत्काल विद्यालयमा सम्पर्क राख्दा सञ्चालक देवानले निष्काशन गर्नु पर्ने कारण केही नभए पनि समन्वयमा रहेको अर्को विद्यालयका सञ्चालकले अर्को शिक्षकको प्रबन्ध गरिदिएकाले हटाएको भन्दै दोष अर्कोतिर थुपारेको जानकारी दिइन् ।
यता संस्थापक देवानले भने निष्काशनमा परेकी ठकुरी विद्यालयको सम्पर्कमा नआएको आरोप लगाउँदै सवै पारिश्रमिक दिएको ठोकुवा गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्