बिर्तामोड , असोज २६ । मंगलबार बिहान ६ बजेदेखि ६.४५ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ ।

दुहबी ग्रिड शाखाको लाइन अबरुद्ध हुने भएपछि पूर्वी नेपालमा विद्युत नआउने भएको हो । नेपाल विद्युत प्राधिकरणको दुहवी ग्रिड शाखाले एक सूचना जारी गरी निर्माणाधिन ४०० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा स्वस्टेशनस्थित रिएक्टर बोकेको गाडी क्रसिङ गर्नुपर्ने भएको हुँदा दुहवी— कटैया सर्किट १ र दुहवी —रुपनी सर्किट २ सटडाउन गरिने र जसका कारण दुहवी , दमक, अनारमनी , गोदक , थापाटार र अमरपुर सवस्टेशनबाट वितरित सम्पूर्ण लाइनहरु अवरुद्ध हुने जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्