भद्रपुर , असोज २८ । लामो समयसम्म गाविस सचिव भएर सेवा दिएका कचनकवल गाउँपालिका ५ पाठामारी निवासी सर्मुदिन हक मियाँको आज बिहान निधन भएको छ ।

करिव ७० वर्षिय मियाँ मुटुसम्बन्धी समस्याले ग्रसित थिए । कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलमका ससुरा मियाँ गाविस सचिवबाट सेवानिवृत भएपछि राजनीतिमा लागेका थिए । उनी जनता समाजवादी पार्टी नेपाल(पूर्व संघिय समाजवादी फोरम )का पूर्व झापा जिल्ला सचिव रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्