दमक, असोज ३० । स्थानीय युवा व्यवसायीको सक्रियतामा सञ्चालनमा आएको दमक– ६ स्थित पिपल चौकमा रहेको विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले नवौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाको आफ्नै कार्यालयमा विहिबार आयोजित साधारणसभा यसवर्ष कोरोना महामारीका कारण चरणवद्ध रुपमा गरिएको थियो ।


संस्थाका अध्यक्ष असिम राईको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक दमक शाखाका प्रवन्धक बिबेक डाँगीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि यसवर्षको साधारणसभा सम्पन्न गरिएको संस्थाले जनाएको छ । समापनमा अध्यक्ष राईले साधारणसभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन र लेखा संयोजक खेमराज पौडेलको प्रस्तुत प्रतिवेदन सुझावसहित पारित गरिएको व्यवस्थापक छत्र केरुङले वताए ।


यसअघि ती दुवै प्रतिवेदन बुधबार कार्यालयमार्फत सदस्यहरुलाई वितरण गरिएको थियो ।त्यस्तैं, संस्थाको सम्पन्न साधारणसभाले आगामी वर्षदेखि चैत १२ गतेलाई स्थापना दिवसको रुपमा मनाउने निर्णय गर्नुका साथै सदस्यको आय आम्दानी र व्यवसाय प्रर्वद्धनका निम्ति सहुलियत व्याजदरमा कर्जा लगानी गर्ने, सामाजिक क्षेत्रमा रचनात्मक तथा सृजनात्मक कार्यहरु गरिने उल्लेख गरिएको छ ।
साधारणसभा समापन कार्यक्रममा संस्थाका उपाध्यक्ष सम्झना साँवा,सचिव सुमन कुमार राई, सञ्चालक समिति सदस्य नारायण प्रसाद खरेल, अनिमा तामाङ, निर्मला लावती, युवराज दंगाल, लेखा समिति संयोजक खेमराज पौडेल, सदस्यद्धय कविता फागो लिम्बू र माया राई, सञ्चालक समिति, शेयर सदस्य, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्