एजेन्सी । कडा प्रतिष्पर्धाकाबीच किंग्स इलावेन पन्जाबले दोस्रो सुपर ओभरमा मुम्बई इंडियन्सलाई हराएको छ ।

मुम्बई इंडियन्सले गएराति दुबईमा खेलाइएको म्याचमा पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनाउँदै पन्जाबलाई १७७ रनको चुनौती दिएको थियो ।पन्जाबको टीमले कप्तान केएल राहुलको ७७ रनको मद्धतले २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन नै बनाउन सक्यो र म्याच बराबरी भयो । परिणामका लागि सुपर ओभरमा प्रतिष्पर्धा गराइयो । जहाँ पन्जाबले पहिला खेल्दै पाँच रन बनायो र मुम्बईका ब्याट्समेनहरुले पनि पाँचै रन बनाउन सके । सुपर ओभर पनि बराबरी भयो ।
दोस्रो सुपर ओभरमा मुम्बईका लागि ब्याटिङको मोर्चा केरोन पोलार्ड र हार्दिक पान्ड्याले सम्हाले । पन्जाबका तर्फबाट क्रिस जोर्डनले बलिङ गरे ।
पहिलो दुई वलमा दुई रन लिए । तेस्रो वलमा पोलार्डले चौका हाने । चौथो वलमा हार्दिक पांड्या रनआउट भए । पाँचौ वलमा पन्जाबका खिलाडीहरुको अपिलमा एम्पायरले पोलार्डलाई आउट गरिदिए । तर, रिभ्यूपछि सो निर्णय परिवर्तन गर्नुपर्यो । ओभरको अन्तिम वलमा मयंक अग्रवालले छक्काका लागि जाँदे गरेको वल रोकिदिए र मुम्बईलाई दुई रन मिल्यो । मुम्बईका ब्याट्समेनहरुले ११ रन बनाए । पन्जाबको जीतका लागि एक ओभरमा १२ रन बनाउनु थियो । ट्रेन्ट बोल्टको पहिलो वलमा क्रिस गेलले छक्का हाने । दोस्रो वलमा गेलले एक रन लिए । तेस्रो र चौथो वलमा मयंक अग्रवालले चौका हान्दै पन्जाबलाई जीत दिलाए । म्यान अफ द म्याच पन्जाबका कप्तान केएल राहुल चुनिए । हिजोको पहिलो म्याचमा पनि कोलकाता नाइट राइडर्स और सनराइजÞर्स हैदराबादबीच टाई भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्