एजेन्सी । शारजाहमा गएराति खेलाइएको आईपिएलको रोमांचक प्रतिष्पर्धामा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई १० विकेटले हराएको छ ।

११५ रनको लक्ष्य पछ्याउदै मैदानमा उत्रिएको मुम्बई इन्डियन्सले बिना कुनै विकेट गुमाउँदै १२.२ ओभरमा ११६ रन बनाएर शानदार जित हासिल गरेको हो । ईशान किशन ६९ र क्विन्टन डिकक ४६ रन बनाउँदै अविजित रहे ।
ईशान किशनले उत्कृष्ट प्रदर्शन गर्दै ४ छक्का र ६ चौकाको मद्धतले आफ्नो अर्धशतक पूरा गरे । क्विन्टन डिकक पनि तीब्र गतिले आफ्नो अर्धशतकतर्फ बढिरहेका थिए । तर, उनले आफ्नो अर्धशतक पूरा गर्नुअघि नै मुम्बई इन्डियन्सले जितको लक्ष्य हासिल गरिसकेको थियो ।
महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपरकिंग्स अंक तालिकामा ६ अंकका साथ सबैभन्दा पुछारमा छ । जबकि जितका साथ मुम्बई इन्डियन्स अंक तालिकामा १४ अंकका साथ शीर्ष स्थानमा पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्