बिर्तामोड , कात्तिक १३ । नेपालमा अहिले अन्तर्राष्ट्रिय ब्राण्डेड कपडाहरु आयातमा भन्सार बढेपछि नेपाली व्यवसायीहरुले नेपाली ब्राण्डका कपडाहरु उत्पादन गर्न थालेका छन् । विभिन्न नामका नेपाली ब्राण्डेड कपडाहरु नेपालमा बिक्री हुने गरेको छ ।

यस्तै नेपाली ब्राण्ड केटिएम जिन्स पनि एक रहेको छ । ४ बर्षदेखि आफ्नो ब्राण्ड बनाएर बिक्रीवितरण गर्दै आएको केटिएम जिन्सले नेपालमा नै पहिलो पटक आफ्नो आधिकारिक सोरुम बिर्तामोड सिटी सेन्टरमा केही महिनाअघिबाट संचालनमा ल्याएको छ । सोरुम संचालनमा आएपछि केटिएम जिन्सको व्यापार बढेको संचालक तथा केटिएम जिन्सका ओनर किरण पौडेलको भनाइ छ ।

नेपालमा पहिलो पटक संचालनमा ल्याएको यो आधिकारिक सोरुमबाट कपडाका पारखीहरुले आकर्षक डिजाइन र गुणस्तरीय कपडा आधिकारिक सोरुमा खरिद गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । ग्राहकले आफूले चाहेको कपडा हाम्रो सोरुममा पाएको र क्वालिटी राम्रो रहेकोमा धन्यवाद दिँदा आफूलाई पनि खुसी लागेको केटिएम जिन्सको आधिकारीक विक्रेता लुगा अड्डाका संचालक श्वेताकाफ्ले पौडेल बताउँछिन् । ‘नेपाली उपभोक्ताहरु गुणस्तरीय कपडा सस्तो मुल्यमा पाए हुन्थ्यो भन्ने अपेक्षामा रहँदा हामीले सोही अनुरुपको कपडा नेपाली परिवेश र नेपाली उपभोक्ताले भार वहन गर्न सक्ने मुल्यमा ल्याएका छौ ’ संचालक किरण भन्छन् ,‘ हिजो हजुरबुवाले थालेको व्यवसायलाई बुवाले निरन्तरता दिदै आज मेरो बेलासम्म आउँदा तीन पुस्ताको कपडाको व्यवसायको अनुभवलाई मैले परिष्कृत गराएर अन्तर्राष्ट्रिय गुणस्तरलाई बुझेर कपडाको क्वालिटी डिजाईन र फिनिसिङ्गलाई प्राथमिकतामा राखेर आजको युवामाझमा केटिएम जिन्स ल्याएको छु ।’
यो दशैमा केटिएम जिन्सको व्यापारले आफूलाई थप हौसला मिलेको किरण बताउँछन् । बिर्तामोड सिटी सेन्टरमा संचालनमा आएको लुगा अड्डामा यो दशैमा कपडा किन्नेको भीड नै लागेको थियो । छोटो समयमा नै केटिएम जिन्स आमउपभोक्ताको रोजाईमा पर्न थालेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्