दमक, कात्तिक १९ । अबैध रुपमा राखेको सखुवाको चिरानी काठ प्रहरीले बरामद गरेको छ ।

आज बिहान दमक नगरपालिका वडा नं. १ बरगाछी चौकमा बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा राखेको सखुवा जातको तयारी काठ बरामद गरेको हो । ढोकाको थान ७ र झ्यालको थान २ काठ बरामद गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागी ईलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्