युएई , कात्तिक १९ । ग्लोबल आईएमई बंैकले दशैँ तिहारको अवसरमा युएईबाट रेमिट्यान्स गर्ने नेपालीका लागि उपहार दिँदै आएको छ ।

गत अक्टोबर १७ तारिखदेखि आगामी नोभेम्बर १५ तारिखसम्मका लागि ल्याइएको योजनामा सहभागी हुन युएईमा रहेका नेपालीले ईमिरेट्स ईन्डिया इन्टरनेशनल एक्सचेन्जबाट नेपालमा पैसा पठाउनु पर्ने ग्लोबल आइएमई बैंकका युएई प्रतिनिधि माधब रेग्मीले बताए ।
यसरी पैसा पठाउँदा नेपालमा रहेका पैसा प्राप्त गर्ने सबै ग्राहकले नेपालको आइएमई ग्लोबल आइएमई बैंकबाट उपहार प्राप्त गर्नेछन् । युएईबाट पैसा पठाएका सबै ग्राहकका आफन्तको मोबाइलमा ग्लोबल आईएमई बैंकले ५० रुपैयाँ मोबाइलमा रिचार्ज अथवा टपअप गर्दै आएको छ ।
आफ्ना नियमित ग्राहकलाई दशैँतिहारको अवसरमा शुभकामनासहित बडादशैँ ग्लोबल आईएमईको साथमा, मोबाइल टपअप हातमा नामक हात खाली नजाने उपहार योजना ल्याएको बैँकका युएई प्रमुख माधव रेग्मी बताउँछन् ।
इमिरेट्स ईन्डिया इन्टरनेसनल एक्सचेञ्जका युएईका सातै प्रान्तमा रहेका ३० भन्दा बढी शाखाबाट नेपालको आइएमई, ग्लोबल आइएमई र जिएमई पेमेन्ट पार्ट्नर रहेका देशभर रहेका १६ हजारभन्दा बढी एजेन्टमार्फत पैसा निकाल्न मिल्ने गरी रेमिट्यान्स गर्दा यो योजनामा सबैले ग्लोबल आइएमई बैंकबाट उपहार पाउन सक्नेछन् । ग्लोबल आईएमई बंैकका लागि माधव रेग्मी र अर्जुन चापागाईले युएईमा बैँकिङ सहजीकरण तथा बजारीकरण गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्