माई, कात्तिक २१ । इलामको माई नगरपालिका –१० धारापानीमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । नव किरण महिला समूहको भवनमा सोमबारदेखि सेवा सञ्चालनमा आएको हो । स्वास्थ्य चौकीमा दुई जना अहेव (चौथो तह) र अनमी (चौथो तह)को दरबन्दी रहेको माई नगरपालिका –१०का वडाध्यक्ष मन बस्नेतले बताए । स्वास्थ्य चौकीबाट ओपिडी, एएन्सी खोप सेवा रहेको चौँथो अहेव अंकिता अधिकारी बताइन् ।


अहिले सम्म ४ जनाले ओपिडी सेवा लिएको अनमी पवित्रा राईले जानकारी दिइन् । स्वास्थ्य चौकीको भवन पूर्ण निर्माण नभएसम्म नव किरण महिला समूहको भवनबाट नै सेवा प्रदान गर्ने वडाध्यक्ष मन बस्नेतले बताए ।


जिरादेवी मोक्तानले स्वास्थ्य चौकी निर्माणको लागि १ रोपनी जग्गा दिएको छ । प्रदेश सरकारको ३७ लाख ७३ हजार रुपैयाँको लागतमा निमाण शुरु भइरहेको छ । इबिट सुजल कम्पनिले ३० लाख ७६ हजार १ सय ३४ रुपैयाँमा टेन्डर पारेको छ । सो योजना डेड वर्षे भए पनि ठेकदारले फागुन भित्रै सक्ने बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्