झापा , कात्तिक २१ । ६ स्वास्थ्यकर्मीसहित सहित आज झापामा ७२ जना कोरोना संक्रमित थपिएका छन् ।

जसमा ३३ महिला र ३९ पुरुष रहेका छन । थपिएका संक्रमितहरु सबै स्थानीय रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमितहरुमा दमकका ११ महिला र १२ पुरुषसहित २३ जना, बिर्तामोडका १४ महिला र ५ पुरुषसहित १९ जना छन् ।संक्रमितमध्ये दमकमा २ जना र बिर्तामोडमा ३ जना स्वास्थ्यकर्मी रहेका छन् । यस्तै, मेचीनगरमा ३ जना संक्रमित हुँदा एक जना स्वास्थ्यकर्मी रहेका छन् । मेचीनगरमा १ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको हो ।भद्रपुरका ३ महिला र ८ पुरुषसहित ११ जना, अर्जुनधाराका २ महिला र ३ पुरुष, कन्काइका ३, गौरादहका १, हल्दिबारीका २, कमलमा १, शिवसताक्षीका ३ र अन्य (पलिकाका नखुलेको) गरी ७२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले बताए । हाल झापामा कुल संक्रमितको संख्या दुई हजार ४३४ पुगेको छ भने निको हुनेको संख्या एक हजार ४२३ पुगेको छ । हाल झापामा ९५४ जना सक्रिय संक्रमित रहेका छन् ।कोरोना संक्रमणबाट हालसम्म झापामा ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्