झापा , कात्तिक २३ । नेपाल प्रहरीले ३६० जनाका लागि भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग भर्ना छनौट महाशाखाले सूचना प्रकाशित गर्दै विभिन्न पदमा भर्ना खुल्ला गरेको हो ।

नयाँ भर्नामध्ये माली र बगैंचेतर्फ ९ जना, भान्छेतर्फ २ सय ६१ जना, हजामतर्फ १० जना, सिलाइ र बुनाइतर्फ १५ जना, कुचिकारतर्फ ५० जना र खेलाडीतर्फ १५ जनाका लागि भर्ना खुल्ला गरिएको हो।

प्रहरी कार्यालय सहयोगी पदका लागि महानगरीय प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल सम्पर्क कार्यालय राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगञ्ज) र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त फारम पाइने र बुझाउन सकिनेछ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्