झापा, कार्तिक २७ । झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गौरादह–५ की ४९ वर्षीया एक महिलाको आज बिहान मृत्यु भएको हो । बिहान ८ बजेतिर मेनुका भण्डारीको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । गौरादह नगरपालिका नगर स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठका अनुसार मिर्गौला सम्बन्धी बिरामी भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो । उनलाई कात्तिक ४ गते उपचारका लागि अस्पताल भर्ना गरिएको दिन पिसिआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो । योसँगै गौरादहमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ९ र झापामा ७३ पुगेको छ । आज बिहान दमक ६ का ८६ वर्षिय बृद्ध वीरबहादुर खड्काको मृत्यु भएको हो । होम आइसोलेसनमा बसेर उपचार गराइरहेको अबस्थामा उनको आज विहान ५.३० बजे मृत्यु भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्