दमक,कार्तिक २७ । जिल्लाको दमक र बिर्तामोड दुई मुख्य व्यापारिकस्थल पछिल्लो समय कोरोना भाइरस संक्रमणको केन्द्र बन्दै गएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय झापाले सार्वजनिक गर्ने गरेको विगत केही दिनदेखिको तथ्यांक अनुसार जिल्लाका यी दुई नगरपालिका कोरोना भाइरस संक्रमणको केन्द्र बन्दै गएका हुन् ।
यसैक्रममा आज जिल्लामा थपिएका ४४ जना संक्रमितमध्ये दमकका १७ जना रहेका छन् ।
त्यसअघि बुधबार भने जिल्लामा संक्रमण पुष्टि भएका ८५ जनामध्ये दमकका ३७ र बिर्तामोडका १३ जनामा संक्रमण पुष्टि भएको थियो ।
त्यसको अघिल्लो दिन मंगलबार झापामा ७५ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये सवैभन्दा बढी दमककै रहेका थिए । त्यस दिन दमकका २२ जनामा संक्रमण पुष्टि भएको थियो भने बिर्तामोडका १४ जनामा संक्रमण पुष्टि भएको थियो ।
झापामा सोमबार ६५ जनामा कोरोना पुष्टि भएको थियो । उक्त दिन पनि दमककै धेरै मानिसमा संक्रमण देखिएको थियो । त्यस दिन दमकका १८ र बिर्तामोडका १२ जनामा संक्रमण पुष्टि भएको थियो ।

हालसम्म झापामा सबैभन्दा बढी दमक र त्यसपछि बिर्तामोड नगरपालिकामा कोरोनाका संक्रमित भेटिएका छन् । त्यहाँको मृत्युदर पनि ह्वात्तै बढ्दै गएको छ । जिल्लाका १५ पालिकामध्ये दमकमा आजसम्म २६ जनाको मृत्यु भईसकेको छ भने बिर्तामोडमा १० जना पुगेको छ ।
हाल झापामा कुल संक्रमितको संख्या दुई हजार ८५३ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या एक ७४८ रहेको छ । हालसम्म झापामा ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्