बिर्तामोड , कात्तिक २८ । लामो समयदेखि चाईनाको इयु बस्दै आएका बादल राजवंशी कोरोना भाइरस संक्रमणका कारण नेपालमै छन् । बिर्तामोड निवासी राजवंशीलाई यो लकडाउनले बिर्तामोडको सिटी सेन्टरमा लेडिज जंक्सन अन्डर गार्मेन्टको व्यवसाय संचालन गर्ने अवसर जुराएको छ । चाइनामा बसेर व्यवसाय गर्दै आएका राजवंशी नेपालमा नै बसेर केही गर्ने इच्छा व्यक्त गर्छन् । व्यवसायमात्र हैन, सामाजिक काममा पनि उनको उत्तिकै रुचि छ ।

लकडाउनको बेलामा धेरै परिवारलाई राहत सहयोग गरेका राजवंशीले फ्रन्टलाईनमा बसेर सेवा गर्ने जिल्लास्थित प्रहरीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेका छन् । शिखर साकोसका शेयर सदस्य समेत रहेका राजवंशीले संस्थाका अध्यक्ष दिपेन्द्र राउत, सह—सचिव तारा खतिवडासमेतको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालालाई ११सय थान माक्स र २० लिटर सेनीटाइजर हस्तान्तरण गरेका हुन् ।

यो अवस्थामा एक व्यवसायीले सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरीलाई मास्क र सेनीटाईजर वितरण गरेकोमा प्रहरी उपरीक्षक कोइरालाले शिखर साकोस तथा संस्थाका सदस्य व्यवसायी बादल राजवंशीलाई धन्यवाद दिएका छन् ।

2 वटा प्रतिक्रिया

  1. अति उत्कृष्ट कार्य बादल राजबंशी ज्यू लाई मुरी मुरी धन्यवाद यस्तै प्रकारले सामाजिक कृयाकलाप सधैं संलग्न रहिरहेको देख्न पाउँ हामी सबैले ॥

  2. अति उत्कृष्ट कार्य बादल राजबंशी ज्यू लाई मुरी मुरी धन्यवाद यस्तै प्रकारले सामाजिक कृयाकलाप मा सधैं संलग्न रहिरहेको देख्न पाउँ हामी सबैले ॥

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्