हङकङ, मंसिर ३ । हङकङको परोपकारी संस्था सिक सिक युनले हङकङ अग्नीपीडित नेपाली परिवारलाई १० लाख हङकङ डलर सहयोग गर्ने निर्णय गरेको छ ।

संस्थाले यस त्रासदीपूर्ण घटनाप्रति दुख व्यक्त गर्दै पीडित मृतकका परिवार र घाइते परिवारलाई क्रमशः ५० र ३० हजार हङकङ डलर उपलव्ध गराउंने निर्णय गरेको हो।गत आइतवार साँझ जोर्डनको क्यान्टोन रोडस्थित नेपाली रेष्टुरेण्ट जिरे खुर्सानीमा भीषण आगलागी हुँदा ११ जना नेपालीको मृत्यु हुनुका साथै १८ जना घाइते भएका थिए ।सन् २००९ देखि संचालनमा आएको यस संस्थाले अप्ठ्यारोमा परेका हजारौं पीडित परिवारलाई आपतकालिन सहयोग प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्