बिर्तामोड , मंसिर ७ । अर्जुनधारा नगरपालिका ५ नम्बर वडा कार्यालयका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अनिश्चितकालिन कार्यालय बन्द गरिएको छ ।

वडाध्यक्ष ध्यानबहादुर भारतीका अनुसार कार्यालयका एक जना कार्यालय सहयोगीलाई आज संक्रमण पुष्टि भएको हो । उनी ७ नम्बर वडा निवासी हुन् । उनी पुरूष हुन् ।कर्मचारीमा संक्रमण पुष्टि भएपछि कार्यालयका सम्पूर्ण कार्य आज आइतबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको उनले जानकारी दिए । अर्जुनधारा नगरपालिकामा मात्रै ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ भने ९० जनाभन्दा बढी संक्रमित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्